NEPAL RASTRA BANK

अनलाइन ठगीको जोखिम कायमै, वित्तीय कारोबार गर्दा सजगता अपनाऔं : राष्ट्र बैंक

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय कारोबार गर्दा सजगता अपनाउन पुन सचेत गराएको छ।वित्तीय चेतनाका लागि मंगलबार सचेतनामूलक सन्देश जारी गर्दै केन्द्रीय बैंकले डिजिटल वित्तीय करोबारमा अनलाइन ठगीको जोखिम रहने हुँदा जुनसुकै कारोबार गर्दा अत्यन्तै सावधानीका साथ रकम प्राप्त गर्ने व्यक्तिको विवरण यकिन गरेरमात्र कारोबार गर्न आग्रह गरेको छ ।