Capital Market

आईपीओ निष्कासनको प्रस्तावसहित फ्लोरिड ल्याबोरेटोरिजले डाक्यो साधारण सभा

काठमाण्डौ । फ्लोरिड ल्याबोरेटोरिज लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज ७ गतेका लागि साधारण सभा डाकेको हो ।  उक्त सभा ललितपुरको धापाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको १ बजेदेखि सुरु हुनेछ ।