नेपाल उद्योग वाणिज्य महासंघमा नेतृत्व चयनका लागि मतदान शुरु, निर्वाचनमा दुई प्यानल आमनेसामने, उपाध्यक्ष पदमा कडा टक्कर
काठमाण्डौं । काठमाडौंमा निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु भएको छ।राष्ट्रिय प्रज्ञा प्रतिष्ठान परिसरमा बिहानदेखि मतदान भइरहेको छ।

