अस्पतालबाहिर बच्चा जन्माउनुपरेको घटनामा कारबाही प्रक्रिया अघि बढ्यो, छानबिन प्रतिवेदन मन्त्रालयमा
काठमाण्डौ। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा प्रसूति सेवा लिन पुगेकी महिलाले अस्पतालबाहिरै शिशु जन्माउनुपरेको घटनाको छानबिन प्रतिवेदन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुगेको छ।घटनाको सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय टोलीले बुधबार मन्त्रालयलाई प्रतिवेदन बुझाएसँगै प्रतिवेदनले औँल्याएका विषयमा कारबाही प्रक्रिया अघि...

