गण्डकीका ११ हजार किसानलाई दूधमा साढे ५ करोड प्रोत्साहन
काठमाण्डौ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा दूध उत्पादन तथा बिक्री गर्ने ११ हजार २३२ किसानलाई पाँच करोड ५८ लाख रुपैयाँ प्रोत्साहन रकम वितरण गरेको छ।कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मापदण्ड पूरा गरेका दुग्ध सहकारी संस्थामार्फत किसानलाई उक्त रकम उपलब्ध गराएको हो।मन्त्रालयकी वरिष्ठ पशु विकास अधिकृत डा. शोभा शर्माका अनुसार दैनिक कम्तीमा २०० लिटर...

