गणेश नेपाली मृत्यु प्रकरण : छानबिन समितिको सरकारलाई चारबुँदे सुधार सिफारिस
काठमाण्डौ । काठमाडौंको त्रिपुरेश्वरमा भएको घटनापछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको प्रकरण छानबिन गर्न गठित न्यायिक समितिले सरकारलाई चारवटा मुख्य सुधारका लागि सिफारिस गरेको छ।उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा गठित समितिले छानबिन पूरा गरी साउन १३ गते मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो।सरकार र मृतकका...

