कृषि विकास बैंकका सीईओको नाम दुरुपयोग गरी ठगी प्रयास, सतर्क रहन आग्रह
काठमाण्डौ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)गोबिन्द गुरुङको नाम, फोटा र पदको अनाधिकृत प्रयोग गरी ठगी गर्ने प्रयास भएको छ । बैंकका सीईआ गुरुङले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत यसको जानकारी दिएका हुन् । उनले उज्वेकस्तानको फोन नम्बर र नक्कली इमेल प्रयोग गरी विभिन्न व्यक्तिहरुसँग पैसा मागिएको बताएका छन् ।