ग्रिनलाइफ हाईड्रोपावरको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । ग्रिनलाइफ हाईड्रोपावर लिमिटेडले १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी ग्रिनलाइफ इन्भेष्टमेन्ट प्रालिले बिक्री गर्न चाहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो । संस्थापक सेयरधनीले आफनो नामको सेयर बिक्री गर्न स्वीकृती माग गरेकोमा कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको उक्त प्रस्ताव पारित गरेको थियो...