काठमाण्डौ । ग्रिनलाइफ हाईड्रोपावर लिमिटेडले १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी ग्रिनलाइफ इन्भेष्टमेन्ट प्रालिले बिक्री गर्न चाहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।
संस्थापक सेयरधनीले आफनो नामको सेयर बिक्री गर्न स्वीकृती माग गरेकोमा कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको उक्त प्रस्ताव पारित गरेको थियो ।
उल्लेखित संस्थापक सेयर खरिद गर्न इच्छुक कम्पनीका संस्थापक सेयरधनीले सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीमा सम्पर्क गरी आफुले खरिद गर्न चाहेको सेयरका बारेमा जानकारी दिनु पर्नेछ ।