गुराँस लघुवित्तले प्रस्ताव गर्यो १० प्रतिशत लाभांश
काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको १६८औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

