नेपालमा भित्रियो १६ सिटे प्रिमियम इलेक्ट्रिक मिनिबस ‘म्याक्सस ई–डेलिभर ५’, मूल्य ६९ लाख ५० हजार
काठमाण्डौ । हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोट्रोक्स प्रालिले नेपाली बजारमा १६ सिट क्षमताको प्रिमियम इलेक्ट्रिक मिनिबस ‘म्याक्सस ई–डेलिभर ५’ सार्वजनिक गरेको छ।कम्पनीले आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत नयाँ विद्युतीय मिनिबस सार्वजनिक गरेको हो। यसको नेपाली बजार मूल्य ६९ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ।विशेषगरी होटल, रिसोर्ट, पर्यटन तथा...

