होर्मुज जलमार्गमा जहाजमाथि आक्रमणपछि अमेरिकाको इरानमा हवाई प्रहार, क्षेत्रीय तनाव फेरि चुलियो
काठमाण्डौ । मध्यपूर्वको संवेदनशील होर्मुज जलमार्गमा एक व्यापारिक कार्गो जहाजमाथि ड्रोन आक्रमण भएपछि अमेरिका र इरानबीचको तनाव फेरि उत्कर्षमा पुगेको छ। अमेरिकाले उक्त घटनालाई युद्धविरामको गम्भीर उल्लङ्घनको संज्ञा दिँदै इरानका मिसाइल, ड्रोन तथा तटीय सैन्य संरचनामाथि लक्षित हवाई आक्रमण गरेको जनाएको छ।

