ह्याप्पी इनर्जीले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । ह्याप्पी इनर्जी लिमिटेडले आईपीओ निष्कासनको तयारी अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।साउन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ २५ गते काठमाण्डौको हाँडीगाँउमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

