हिम स्टार उर्जाले पायो सेबोनबाट आईपीओ निष्कासनको अनुमति
काठमाण्डौ नेपाल धितोपत्र बोर्ड(सेबोन)ले थप एक कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले जेठ ९ गते हिम स्टार उर्जा कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।यससँगै कम्पनीले अब रु.१०० अंकित दरका ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।