हिमालयन बुलियनका ग्राहकलाई दुर्घटना बीमा सुविधा, सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग सम्झौता
काठमाण्डौ । हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग दुर्घटना बीमा सम्बन्धी सम्झौता गरेको छ।गरगहना व्यवसायमा विगत २५ वर्षदेखि सक्रिय हिमालयन बुलियनले ग्राहकको सुरक्षा र लगानीलाई ध्यानमा राख्दै सदस्यतालाई विभिन्न तहमा वर्गीकरण गरी सोहीअनुसार दुर्घटना बीमा सुविधा उपलब्ध गराउने...

