लाभांश पारित गर्न हिमालयन सेक्युरिटिजद्वारा साधारण सभा आह्वान
काठमाण्डौ । हिमालयन सेक्युरिटिज लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले पाचौं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असोज ९ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा आव २०८१/८२ को मुनाफबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने...