Capital Market

हिमालयन टाइम्स मिडियाले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

काठमाण्डौ । हिमालयन टाइम्स मिडिया इन्टरनेशनल एण्ड टेक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ ।  कम्पनीको दोस्रो साधारण सभा यही पुस २९ गते काठमाण्डौको महाराजगंजमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा जुममार्फत दिनको २ बजेदेखि सुरु हुनेछ ।