हिमाली हाईड्रो फण्डले जारी पूँजीको २०% आईपीओ जारी गर्ने
काठमाण्डौ । हिमाली हाईड्रो फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न चौथो साधारण सभा आह्वान गरेको छ । कम्पनीको उक्त सभा फागुन २४ गते काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

