हिन्डनबर्गको रिपोर्टपश्चात अडाणी ग्रुपका सबै १० वटा कम्पनीको सेयरमूल्यमा गिरावट
काठमाण्डौ । अमेरिकी कम्पनी हिन्डनबर्गले भारतीय सेयर बजार नियामककी अध्यक्ष माधवी पुरी बुचमाथि गरेको खुलासाका कारण अडाणी ग्रुपको सबै कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज अडाणी ग्रुपका सबै १० वटा कम्पनीको सेयरमूल्य घटेको छ । हिन्डनबर्गले गत शनिबार एक रिपोर्ट जारी गर्दै माधवी पुरी बुच र उनका पति धवल बुचको अडाणी ग्रुपसँग जोडिएका अफशोर कम्पनीमा स्वामित्व भएको जनाएको थियो...