आज होली पर्व मनाइँदै, सेयर बजार बन्द रहने
काठमाण्डौ । रंगहरुको पर्व होलीको आज काठमाण्डौ उपत्यका लगायत देशका पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाइदैछ । हिन्दु समुदायमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होलीको विशेष महत्व रहेको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको रुपमा मनाइने यो पर्व पुराना तिक्ततालाई भुली सम्बन्ध प्रगाढ बनाउने पर्वका रुपमा लिइन्छ ।