होटल गरिमाले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । होटल गरिमा लिमिटेडले सर्वसाधाणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले यही वैशाख २९ गते सुनसरीमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

