होटल सब्रिनाले अघि बढायो आईपीओ निष्कासनको प्रक्रिया, सेबोनमा दियो आवेदन
काठमाण्डौ । होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले ४७ करोड ४ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ४७ लाख ४ हजार कित्ता आईपीओ निष्कासनको स्वीकृतीका लागि मंसिर १६ गते आवेदन पेश गरेको हो ।

