प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले जवाफ दिने
काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघिय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।