यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक, यस्ता छन् फिचर्स
काठमाण्डौ । यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ । जसले नेपालको मोटरसाइकल उद्योगमा नयाँ मानक कायम गर्नुका साथै बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात समेत गरेको छ । यो भव्य अनावरण कार्यक्रम राजधानीको प्रमुख गन्तव्यमध्ये एक, काठमाडौंको कमलादीस्थित करिब ७८.५ मिटर (२५६ फिट) अग्लो स्काइ टावरमा आयोजना गरिएको थियो । उद्घाटनका...

