बाढीको असर विद्युत् क्षेत्रमा : गण्डकीका मात्रै २७ आयोजना बन्द, करिब १ हजार मेगावाट उत्पादन प्रभावित
काठमाण्डौ । निरन्तरको वर्षापछि आएको बाढीले जलविद्युत् आयोजनादेखि प्रसारण तथा वितरण संरचनासम्म प्रभावित हुँदा देशको विद्युत् प्रणालीमा ठूलो असर परेको छ। असोज ८ गतेदेखि जारी वर्षाका कारण गण्डकी प्रदेशका मात्रै २७ वटा जलविद्युत् उत्पादन केन्द्र बन्द भएका छन् भने करिब १ हजार मेगावाट विद्युत् उत्पादन प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।बाढीका कारण प्रसारण...

