डीआर कङ्गोमा इबोला प्रकोप तीव्र, ८०८ सङ्क्रमित र १९२ को मृत्यु
काठमाण्डौ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोला भाइरसको प्रकोप थप गम्भीर बन्दै गएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इबोलाबाट सङ्क्रमित हुनेको संख्या ८०८ पुगेको छ भने मृत्यु हुनेको संख्या १९२ पुगेको छ।

