१० औं संस्करणको आइसिटी अवार्डको अनलाइन नोमिनेसन खुला, १५ विधामा आवेदन दिन सकिने
काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको १०औं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) आज साउन १ गतेदेखि खुल्ला भएको छ । सन् २०१६ देखि लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आइसिटी अवार्ड’मा यस वर्ष १५ विधाहरुमा अनलाइन नोमिनेसन खुल्ला गरिएको हो। नोमिनेसन आफै स्वयम् वा अन्य उपयुक्त व्यक्ति वा...