हेब्रोनमा इजरायली गोलीबारी, ७ महिनाका प्यालेस्टिनी शिशुको मृत्यु, आमाबुबा घाइते
काठमाण्डौं । पश्चिमी किनाराको हेब्रोन क्षेत्र नजिक इजरायली सेनाले चलाएको गोलीबाट सात महिनाका एक प्यालेस्टिनी शिशुको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन् । घटनाले स्थानीय समुदायमा शोकको वातावरण सिर्जना गरेको छ ।

