प्रिमियममा आइपीओको अनुमति माग्ने कम्पनी थपिएको थपियै, बोर्डले दुई वर्षयता दिन छाड्यो स्वीकृति
काठमाण्डौ । प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्न एक दर्जन भन्दा बढी कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा छन् । अंकित मूल्य भन्दा बढी मूल्य निर्धारण गरेर सेयर जारी गर्नका लागि १४ कम्पनीले बोर्डसँग अनुमति मागेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अधिकांश आइपीओहरु अंकित मूल्य १०० रुपैयाँमै आउने गरेका छन् । तर बुक बिल्डिङ प्रणाली लागू भएपछि केही कम्पनीहरु...

