११ दिनपछि सकुशल भेटिए धनुषाबाट अपहरित १५ महिने बालक, भारत भाग्दै गरेकी महिला पक्राउ
काठमाण्डौ । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट बेपत्ता भएका १५ महिनाका बालक ११ दिनपछि सकुशल फेला परेका छन्। बालकको अपहरण गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कमलेश महतोका १५ महिनाका छोरा सिधान्त महतो भदौ १८ गते अपराह्न करिब ४ः४० बजे आफ्नै घरको आँगनमा खेलिरहेका बेला अचानक हराएका थिए।बालक बेपत्ता भएको सूचना...

