जेन-जी आन्दोलनमा जेलबाट भागेका जबरजस्ती करणी मुद्दाका अभियुक्त १.३९ करोड ठगी आरोपमा पक्राउ
काठमाण्डौ । जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका अभियुक्त नक्कली सुन देखाएर करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन्।प्रहरीले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ घर भई हाल काठमाण्डौको नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २८ वर्षीय अनिष थापालाई पक्राउ गरेको हो।जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार थापालाई बिहीबार साँझ करिब ६...

