एमआरपी विवादले वीरगन्ज भन्सार ठप्प, हजारौँ ट्रक सीमा क्षेत्रमा अलपत्र
काठमाण्डौं । मुलुकको प्रमुख आयात नाका वीरगन्ज भन्सार कार्यालयमा सेवा प्रवाह एक सातादेखि ठप्पजस्तै बनेको छ। अनिवार्य रूपमा लागू गरिएको अधिकतम खुद्रा मूल्य ९एमआरपी० सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा देखिएको विवादका कारण भन्सार जाँचपास प्रक्रिया प्रभावित भएको हो।

