दुई भूकम्पपछि चिनियाँ क्षेत्रमा हिमपहिरो, भोटेकोशी बाढीको कारण खोजिँदै
काठमाण्डौ । रसुवागढी सीमा क्षेत्र आसपास बुधबार बिहान दुईवटा भूकम्प मापन भएको केही समयपछि चिनियाँ भूभागतर्फ हिमपहिरो गएको र त्यसपछि भोटेकोशी नदीमा उच्च गति, तीव्र बहाव तथा ठूलो परिमाणको गेग्रानसहित आकस्मिक बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको छ।जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले भू–उपग्रहका...

