भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३ जनाको मृत्यु; करिब ५० घाइते
भारतको झारखण्ड राज्यमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार रौतहटबाट बाबा वैद्यनाथ धाम र बासुकी नाथको दर्शन तथा पूजा गरेर फर्किरहेका नेपाली तीर्थयात्री सवार बस झारखण्डको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिक दुर्घटनामा परेको हो।बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको...

