‘सीईओ राजीनामा’ हल्लापछि एनआईएमबीको स्पष्टिकरण: “भ्रामक र आधारहीन समाचार फैलाइयो”
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृत -सीईओ) ज्योतिप्रकाश पाण्डेको राजीनामासम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीलाई “भ्रामक, आधारहीन तथा तथ्यहीन” भन्दै औपचारिक खण्डन गरेको हो।

