५०० भन्दा बढी फिल्मका दस्तावेज लिक, पटकथा र व्यापारिक सम्झौतासमेत बाहिरिए
काठमाण्डौ । भारतको केन्द्रीय फिल्म प्रमाणीकरण बोर्ड (सीबीएफसी) को अनलाइन पोर्टलबाट ५०० भन्दा बढी फिल्म शीर्षकसँग सम्बन्धित दस्तावेज चुहावट भएको खबर सार्वजनिक भएको छ। फिल्म प्रमाणीकरणका लागि पेस गरिएका पटकथा, बोर्डका निर्देशन र अन्य कागजात बाहिरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।चुहावट भएका दस्तावेजमा फिल्म निर्माण तथा वितरणसँग सम्बन्धित व्यापारिक सम्झौता,...

