चीनले केरुङ नाकासम्मको सडक खोल्यो, उद्धारका भारी उपकरण प्रभावित क्षेत्रमा पुग्ने बाटो खुला
काठमाण्डौ । चीनले रसुवागढीसँग जोडिने केरुङ नाका जाने स्थलमार्ग बुधबार बिहान १० बजेदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याएको छ।बाढीका कारण अवरुद्ध भएको सडकको अन्तिम खण्डसमेत अस्थायी रूपमा सञ्चालनमा ल्याइएपछि अब उद्धारकर्मी, राहत सामग्री, उपकरण तथा भारी मेसिनरी सडकमार्फत मुख्य प्रभावित क्षेत्रमा पुग्न सक्ने भएका छन्।चिनियाँ सञ्चारमाध्यमका अनुसार सडक खुलेसँगै विपद्...

