कांग्रेस क्रियाशील सदस्यता अद्यावधिकको समय आज राति १२ बजे सकिँदै
काठमाण्डौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने अन्तिम समय आज राति १२ बजेसम्म तोकिएको छ। पार्टीका अनुसार करिब ७ लाख ८२ हजार योग्य सदस्यमध्ये धेरैले पहिले नै अनलाइन प्रक्रिया पूरा गरिसकेका छन् भने थप लाखभन्दा बढी सदस्य अद्यावधिक प्रक्रियामा सहभागी छन्।

