रावाबेँसीमा २६ लाखको कृषि उपकरण वितरण, कृषि यान्त्रीकरणतर्फ कदम
काठमाण्डौं । कृषि उत्पादनलाई व्यावसायिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत रावाबेँसी गाउँपालिकाले किसानलाई रु २६ लाखभन्दा बढी मूल्यका आधुनिक कृषि सामग्री वितरण गरेको छ। गाउँपालिकाले ७५ प्रतिशत अनुदान र २५ प्रतिशत किसानको लागत सहभागितामा खरिद गरिएका उपकरण कृषि समूह, सहकारी संस्था तथा कृषि उद्यमीलाई हस्तान्तरण गरेको हो।

