कारका चारै ढोकामा ‘फल्स बटम’ , १४ किलोभन्दा बढी चाँदीजस्तो धातुसहित चार जना पक्राउ
काठमाण्डौ । भारतको रक्सोलबाट काठमाण्डौ आउँदै गरेको कारका चारवटै ढोकाभित्र लुकाइएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातु प्रहरीले बरामद गरेको छ। उक्त धातुसहित कारमा सवार एकै परिवारका चार जना पक्राउ परेका छन्।मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिक आइतबार दिउँसो कार जाँच गर्ने क्रममा लुकाएर ल्याइएको धातु फेला परेको प्रहरीले जनाएको...

