फेडरेशन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
काठमाण्डौं । टोरन्टोमा सम्पन्न फेडरेशन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । सभाले गोकर्ण लामिछानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो । उनी यसअघि विजय पौडेल नेतृत्वको कार्यसमितिमा महासचिवको जिम्मेवारीमा थिए ।

