भारतले सरकारी बन्डमा विदेशी लगानीकर्ताको क्यापिटल गेन्स कर हटायो, विदेशी लगानी आकर्षित गर्न ठूलो नीतिगत कदम
काठमाण्डौं । अर्थतन्त्रप्रति बढ्दो चिन्ता, विदेशी लगानी आकर्षित गर्ने प्रयास तथा वित्तीय स्थिरता मजबुत बनाउने उद्देश्यसहित भारत सरकारले ठूलो नीतिगत निर्णय गरेको छ। सरकारी स्रोतका अनुसार भारतीय सरकारी बन्डमा लगानी गर्ने विदेशी लगानीकर्तामाथि लाग्दै आएको क्यापिटल गेन्स ट्याक्स पूर्ण रूपमा हटाउने निर्णय गरिएको छ।

