जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
काठमाण्डौ । कक्रोच जनता पार्टी (सिजेपी)को आह्वानमा दिल्लीको जन्तरमन्तरमा जारी प्रदर्शनका कारण बिहीबार पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका प्रमुख १६ वटा मेट्रो स्टेशन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।सोमबारदेखि सुरु भएको प्रदर्शनमा बिहीबार बिहानैदेखि ठूलो सङ्ख्यामा प्रदर्शनकारी जन्तरमन्तर क्षेत्रमा भेला भएका छन्।...

