कक्षा–१२ को पूरक परीक्षा तालिका सार्वजनिक, साउन २ र ३ गते परीक्षा सञ्चालन हुने
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजामा ‘एनजी’ प्राप्त गरेका तथा परीक्षामा अनुपस्थित भएका विद्यार्थीका लागि पूरक (मौक) परीक्षाको विस्तृत समयतालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षा दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।

