विद्यार्थीको विरोधपछि कक्षा १२ नतिजा अध्ययन गर्न समिति गठन
काठमाण्डौ । कक्षा १२ को परीक्षाफललाई लिएर देशभरबाट विद्यार्थीहरूले उठाएका गुनासा र असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले अध्ययन तथा छानबिन समिति गठन गरेको छ। परीक्षाफलमा त्रुटि भएको दाबी गर्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले तथ्य परीक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो।

