कालिन्चोक हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै १३.३५ गुणा बढी आवेदन
काठमाण्डौ । कालिन्चोक हाइड्रोपावरको आइपीओ पहिलो दिनमै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा १३.३५ गुणा बढी आवेदन परेको छ । सिडिएससीका अनुसार कम्पनीको आइपीओमा ७ लाख ७६ हजार ८९४ जनाले ९१ करोड ४४ लाख ८ हजार रुपैयाँ बराबरको ९१ लाख ४४ हजार ८० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा १३ गुणा बढी आवेदन हो ।

