असोज मसान्तभित्र विवरण बुझाउने कम्पनीलाई पुराना कर र जरिवानामा पूर्ण छुट
काठमाण्डौ । लामो समयदेखि आफ्नो कानूनी तथा प्रशासनिक दायित्व पूरा नगरेका कम्पनीहरूलाई सरकारले विशेष सहुलियत दिने भएको छ। आगामी २०८३ साल असोज मसान्तभित्र आवश्यक विवरण तथा राजस्व बुझाउने कम्पनीहरूको विगतका सबै कर, शुल्क, दस्तुर र जरिवाना मिनाहा हुने व्यवस्था लागू गरिएको छ।

