पहिरोले कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध
काठमाण्डौ । ललितपुरको बागमती गाउँपालिका–३ स्थित काल्चेमाल्टामा पहिरो खसेपछि कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ ।काल्चेमाल्टा दोबाटो क्षेत्रमा पहिरो खसेपछि सडकको दुवैतर्फ सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ ।

