बजेटमाथि असन्तुष्टि जनाउँदै नेकपाको अवरोध, कर्णाली प्रदेशसभा बैठक अनिश्चित
काठमाण्डौ । कर्णाली प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अवरोध गरेपछि अनिश्चितकालका लागि स्थगित भएको छ।बिहीबार दिउँसो १ बजे बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनअन्तर्गतको चौधौँ बैठक बजेटमाथिको छलफलका लागि तय गरिएको थियो।

