विमानमा तातो कफी पोखिएर घाइते नेपाली यात्रुलाई २ करोड ६१ लाख क्षतिपूर्ति दिलाउन आदेश
काठमाण्डौ। कतार एयरवेजको विमानभित्र अत्यधिक तातो कफी पोखिएर घाइते भएकी एक नेपाली यात्रुले २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउने भएकी छन्।उपभोक्ता अदालतले ललितपुर महानगरपालिका–२ की प्रिती थापाको पक्षमा फैसला गर्दै कतार एयरवेजबाट २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो।अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्यद्वय...

